अर्थ

भोटेकोसी बाढीको क्षति : बिमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी

भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक बिमा दाबी २५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १५ वटा बिमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको अनुमानित दाबी परेको हो।

सबैभन्दा ठूलो दाबी ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। ८ जना बीमितले मात्रै करिब १३ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।

त्यसपछि युनाइटेड अजोडमा ३८ बीमितको ४ अर्ब ९७ करोड, सानिमा जीआईसीमा १०२ बीमितको २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा ६७ बीमितको १ अर्ब ८८ करोड र शिखर इन्स्योरेन्समा १२७ बीमितको १ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

अन्य कम्पनीतर्फ हिमालयन एभरेष्टमा ४५ बीमितले ६४ करोड, नेकोमा ६६ बीमितले ५१ करोड, सगरमाथा लुम्बिनीमा ३२ बीमितले २४ करोड, नेपाल इन्स्योरेन्समा ३२ बीमितले २३ करोड र आईजीआई प्रुडेन्सियलमा २६ बीमितले १८ करोड रुपैयाँ दाबी गरेका छन्।

यस्तै एनएलजीमा २१ बीमितको ११ करोड, प्रभुमा १४ बीमितको ३ करोड, राष्ट्रिय बीमा कम्पनीमा २ बीमितको ७६ लाख, नेसनल इन्स्योरेन्समा २ बीमितको ५३ लाख तथा नेपाल माइक्रो इन्स्योरेन्समा एक बीमितको ५ लाख रुपैयाँ बराबरको अनुमानित दाबी परेको प्राधिकरणले जनाएको छ।

कुन बिमामा कति दाबी?

क्षतिको ठूलो हिस्सा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ देखिएको छ। यसअन्तर्गत ५२ बीमितले २० अर्ब रुपैयाँभन्दा बढी प्रारम्भिक दाबी गरेका छन्।

सम्पत्ति बिमाअन्तर्गत ११३ बीमितले २ अर्ब ३४ करोड रुपैयाँ दाबी गरेका छन्। त्यस्तै मोटर बीमामा ३१३ बीमितको १ अर्ब ५५ करोड रुपैयाँ बराबरको अनुमानित दाबी परेको छ।

परिवहन बिमामा ४७ बीमितले ८९ करोड, अन्य बिमामा ५४ बीमितले ५२ करोड तथा स्वास्थ्य बीमामा ४ बीमितले ४ करोड १६ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यी रकमहरू प्रारम्भिक अनुमानित दाबी हुन्। वास्तविक क्षतिको मूल्यांकन तथा बीमा दाबीको अन्तिम भुक्तानी प्रक्रिया अघि थप जाँच तथा मूल्यांकन हुने जनाइएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App