सोमबार बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार रकम पनि उल्लेख्यमात्रामा घटेको छ ।
कारोबार हुने साताको दोस्रो दिन नेप्से परिसूचक १४.५३ अंक घटेर २६४७.०७ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स ३.५९, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंकले घटेपछि समग्रमा नेप्सेमा दोहोरो अंकका गिरावट आएको हो ।
आइतबार १० अर्ब ८७ करोड बराबरको कारोबार भएको नेप्सेमा सोमबार भने ९ अंकभन्दा कमको मात्र कारोबार भयो । ३२७ स्टकको ७६ हजार ९९८ पटकको कारोबारमा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार रूपैयाँबराबरको २ करोड ३६ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेपाल माइक्रो इन्स्योरेन्स शेयरमूल्य १०४ रुपैयाँ २० पैसा बढेर १ हजार १४६ रुपैयाँ ७० पैसा र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर ८६ रुपैयाँ १० पैसा बढेर ९४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको ङादी ग्रुप पावरको ७० करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
सोमबार ७८ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १६७ कम्पनीको मूल्यमा गिरावट आयो ।
प्रकाशित: १५ वैशाख २०८२ १६:०५ सोमबार