अर्थ

होन्डाको ‘दशैंमा १० लाख’ उपहार योजना सार्वजनिक

होन्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दशैंमा दश लाख’ उपहार योजना सावर्जनिक गरेको छ। योजना अन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रूपैयाँ नगद जित्न सक्नेछन्।

यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कार्ड पाउन सक्ने तथा १२ हजार पाँच सय बराबरको पाँच वर्षे एएमसी प्याकेज पाउनेछन्।

कम्पनीले ग्राहकलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘रू १ फाइनान्स योजना’ मा पनि यस ‘दशैंमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ। होन्डा बिग बाइकको खरिदमा एक लाखसम्मको आकर्षक छुट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। होन्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको उक्त आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीको छ। कम्पनीका अनुसार उक्त योजना सीमित अवधिको लागि मात्र लागु हुनेछ।

प्रकाशित: ९ आश्विन २०८० ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App