नेपालका लागि कतारका राजदूत अहमद जसेम अल हमार, कतार एयरवेजका आवासीय प्रबन्धक रामदास शिवराम, बिक्री प्रबन्धक रोहन भडगाओँकर र विमानस्थल प्रबन्धक केभी चन्द्रमोहनले अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए।
कतारको दोहालाई आधार गरी सन् १९९६ बाट काठमाडौं उडान सुरु गरेको कतार एयरवेजले हाल काठमाडौं–दोहा सेक्टरका लागि दैनिक तीन उडान गरिरहेको छ। यसअघि दैनिक चार उडान गर्थ्यो। प्रत्येक दिनको अन्तिम उडानमा ‘वाइड बडी' जहाज प्रयोग गरिएका कारण उडान संख्या तीनमा झारिएको कम्पनीले जनाएको छ।
कतारले कम्पनीले हाल १ सय ३४ आधुनिक जहाजबाट युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्रशान्त, उत्तर र दक्षिण अमेरिकाका ७० देशका १ सय ४४ गन्तव्यमा उडान गरिरहेको छ।
प्रकाशित: ९ भाद्र २०७१ २२:०५ सोमबार



