यो निर्णय कार्यान्वयनमा आएपछि अहिले घन्टाको ५२१० वन तलब पाउँदै आएका मजदुरले ५५८० पाउनेछन्। यसअघि २०१४ मा ४८६० वनबाट बढेर ५२१० पुुगेको थियो। वृद्धिसँगै कोरिया रहेका नेपाली कामदारको दैनिक आय ८ घन्टाको ४४,६४० वन हुन आउँछ। यस अनुसार कोरियामा न्यूूनतम ज्याला करिब एक लाख नेपाली रुपैयाँ हुन्छ।
केसिटियुुले मजदुरको न्युनतम ज्याला ६७००० वन हुनुपर्ने अडान राख्दै आएको थियो।
दक्षिण कोरिया कडा परिश्रम गर्नुपर्ने राष्ट्रमा पर्दछ। कोरिया र नेपालबीच सम्झौता भएसँगै इपिएस प्रणालीमार्फत् २००८ बाट नेपाली कामदार कोरिया आउन लागेका हुन। हाल कोरियामा करिब २२ हजार नेपाली छन्।
प्रकाशित: १२ असार २०७१ २१:३६ बिहीबार



