प्रवास

कतारका १० नेपाली संस्था एकै मञ्चमा

दोहा– देशको कला तथा संस्कृति संवर्द्धन गर्ने उद्देश्यले कतारमा गठित १० कलाकार समूह अन्तर्राष्ट्रिय कलाकार मञ्चमा आबद्ध भएका छन्। दोहामा भएको विशेष कार्यक्रममा मञ्चको कार्यसमिति पुनर्गठनसहित स्थानीय कलाकार एकजुट भएका हुन्।
अन्तर्राष्टिय कलाकार मञ्चमा आबद्ध संस्थाहरूमा प्रवासी सांस्कृतिक परिवार, मितेरी फिल्मस, आरम्भ नाट्य डबली, नेपाली कला केन्द्र, नेपाली प्रवासी युवा समाज, सन्ध्या ग्रुप अलखोर, द रेन्ज ब्यान्ड, संघर्ष ब्यान्ड र नेपाली महिला समाज छन्। पुनर्गठित कार्यसमिति संरक्षकमा निराजन भण्डारी छन् भने सल्लाहकारमा संस्थापक अध्यक्ष सोभिता सिंखडा, नरेन्द्र भाट, सागर नेपाल, मक्सुद आलम र नरेन्द्र सेन। रबि रोषी र दिपक पुडासैनी मिडिया सल्लाहकार राखिएका छन्।
पुनर्गठित कार्यसमितिमा भविन तामाङ अध्यक्ष, देविका केसी र भानु शर्मा उपाध्यक्ष, विष्णु कार्की महासचिव, समिम मियाँ सचिव, प्रवीण राई सहसचिव, विजय श्रेष्ठ कोषाध्यक्ष र सुमन भारती सहकोषाध्यक्ष छन्। सदस्यहरूमा उमेश बस्नेत, इन्दिरा शाह, बबिन राई, भुपेन्द्र मगर, छम परियार, शक्ति क्षेत्री, सन्तोष परियार, रेखा राई, रितकुमार श्रेष्ठ, बाबुराज परियार, सरोज श्रेष्ठ, विजय राना, इमानजंग बानियाँ, दामेदर गौतम, अर्पन खड्का, कल्पना गुरुङ, सन्तोष गुरुङ र सन्दिप रसाइलीलाई छानिएका छन्।

प्रकाशित: १८ फाल्गुन २०७० ०३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App