तेलको उत्पादनबाट प्राप्त गरेको ठूलो परिमाणको तल्लो वर्गको जीवन स्तरमा सुधार्न खर्चेका चाभेजले थिए। विपक्षीहरुले पनि उनको समयमा जनताका जीवनस्तरमा उल्लेख्य सुधार आएको भन्दै खुलेर प्रसंसा गरेका छन्।
एमालेका नेता घनश्याम भुसालले चाभेजले प्रजातान्त्रिक प्रक्रियामा पूँजीको प्रभाव पर्न नदिएको बताउँछन्। 'विश्वका अन्य स्थानमा देखिएको जस्तो ल्याटिन अमेरिकामा अभ्यास गरिदै आएको प्रजातान्त्रिक प्रक्रियामा पूँजीको प्रभाव प्रभाव पर्न दिइएको छैन,' भुसालले भने, 'पछिल्लो चरणमा त्यसका प्रारम्भ भेनेजुयलाबाट भएको हो।'
उनले क्रान्तिको नाममा ठूलो सपना देखाउने भन्दा मानिसको जीवनसँग जोडिएको विषयलाई ध्यान दिएर काम गरेको बताए। भुसालले त्यसैले उनलाई जनतामा लोकप्रिय बनाएको र त्यसको आधारमा शासन चलेको बताए।
उनले २००२ को सैनिक विद्रोहलाई जनताले सडकमा उत्रिएर असफल पारेको घटनालाई उद्धृत गर्दै भने, 'क्रान्तिका सुरक्षाका लागि सानो बन्दुक भएका सानो समूहभन्दा पनि आम मानिसका समस्यालाई सम्बोधन गरेर त्यसलाई आधार बनाएका थिए।'
'जनताको स्वास्थ्य सेवा उपलब्ध गराउने, निक्षरता समाप्त पार्ने र जीवनस्तर उकास्ने कार्यक्रम ल्याए,' उनले भने, 'विपक्षी दल मिले पनि र उनीहरुलाई अमेरिकाको खुल्ला समर्थन र सहयोग भएपनि उनी विजयी भएको थिए।'
राजनीतिक विश्लेषक झलक सुवेदी चाभेजले प्रभाव पुरै ल्याटिन अमेरिकामा परेको बताउँछन्। 'सिमोन बोलिभार, अर्जेन्टिनाका चे ग्वेभारा, क्युवाका फिडेल क्यास्ट्रोपछि चाभेज आफ्नो समयमा पुरै ल्याटिन अमेरिकी देशको नेता बनेका हुन्,' सुवेदीले भने, 'अधिकांश देशमा एउटा भाषा रहेको त्यहाँ क्षेत्रीयताको अवधारणा निकै मजबुत छ।' अहिले ल्याटिन अमेरिकाका देश मध्ये बामपन्थी सुझाव राष्ट्रपति नभएको देश कोलम्बिया र चिली मात्रै छ।
ल्याटिन अमेरिकी देशमा अमेरिकी प्रभाव पर्न नदिनका लागि उनले 'बोलिभारियन क्रान्ति'को नाममा देशहरुलाई संगठित गरेका थिए। उनले अमेरिकी विदेश नीतिका चर्को आलोचना थिए।
उनको त्यो अभियानको नाम ल्याटिन अमेरिकी देशहरुलाई स्पेनिसन साम्राज्यबाट मुक्त पार्ने सिमोन बोलिभारको नाम दिएका थिए। त्यसैगरी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकसहितका बहु राष्ट्रिय कम्पनीको प्रभावलाई रोक्नका लागि वैकल्पिक वित्तीय प्रणाली सञ्चालनमा ल्याएका थिए।
उनको शासनको विशेषता भनेका जनतासँग सधै सम्पर्कमा रहँन्थे र उनीहरुको कुरा सुन्थे। त्यसका लागि उनले रेडियो तथा टेलिभिजनमा जनतासँग प्रत्यक्ष संवाद शुरु गरेका थिए। त्यसलाई अहिले विश्वका धेरै देशका नेताहरुले पछ्याएका छन्। टि्वटरमा मात्रै चाभेजका ४० लाखभन्दा बढी फलोअर्स छन्।
नेपालका प्रधानमन्त्री बाबुराम भट्टराईले पनि त्यसको नक्कल गर्दै 'जनतासँग प्रधानमन्त्री' भन्ने कार्यक्रम शुरु गरेका हुन्।
माओवादी सरकारले अघि सारेको साना ऋण मिनाहा, युवा स्वरोजगार कोषा तथा सहकारी जस्ता कार्यक्रम चाभेजको कार्यक्रममा कपी भएको सुवेदी बताउँछन्।
'ऋण मिनाहा मात्रै यहाँ लागू भयो,' सुवेदीले भने, 'अन्य कार्यक्रम प्रभावकारी रुमपा लागू हुन सकेन।'
नेपालका बामपन्थी नेता तथा राजनीतिक विश्लेषकहरुले भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको निधन विश्व समाजवादी आन्दोलनका लागि क्षति भएको बताएका छन्।
प्रधानमन्त्री बाबुराम भट्टराई, एमाले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले चाभेजको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
एमाले अध्यक्ष झलनाथ खनालले शोक विज्ञप्ति जारी गर्दै ह्युगो चाभेजले भेनेजुयलामा क्रान्तिकारी परिवर्तन गरी श्रमजिवी वर्ग र पछि परेको समुदायका जीवन सुधार गरेको बताएका छन्। 'उनी आफ्नो समयको ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो समाजवादी क्रान्तिकारी हुन्,' खनालले भनेका छन्, 'उनको अभियानले ल्याटिन अमेरिकामा मात्रै नभएर नेपालसहितका विश्वका धेरै देशको बाम प्रजातान्त्रिक शक्तिको नैतिक शक्ति प्रदान गरेको छ।'
प्रधानमन्त्री बाबुराम भट्टराईले चाबेज २१ औं शताब्दीको मौलिक प्रकृति भएको भन्दै उनको निधनले समाजवादी आन्दोलनका लागि धक्का भएको बताए।
नेपाल भेनेजुयला ऐक्यबद्धता सञ्जालले माइतिघर मण्डलमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा भट्टराईले पछिल्लो समयमा नेपाल र भेनेजुयलामा फरक ढंगले समाजवादी आन्दोलन भैरहेकाले विश्वले दुवै देशलाई चासोका साथ हेरिरहेको बताएका छन्।
'नेपाल र भेनेजुयलाको समाजवादी आन्दोलनलाई विश्वले विशिष्ट स्थानमा राखेर हेरेका छन्,' भट्टराईले भने, 'उनीहरु हामीभन्दा अघि रह्यो। सन् १९९९ मै उनीहरुले संविधानसभाबाट जनताको संविधान निर्माण गरे। हामीले पहिलो निर्वाचनबाट गर्न सकेनौं।' उनले भेनेजुयाली जनताबाट हिम्मत हार्नु हुँदैन भन्ने शिक्षा लिनसक्नु पर्ने बताएका छन्।
कार्यक्रममा एकीकृत माओवादीका विदेश विभागका प्रमुख राम कार्कीले नेपालका बामपन्थीका लागि सिक्न धेरै कुरा भएको बताए। 'उनको विरोध गर्नेहरुले पनि उनी भ्रष्ट हुन भनेर भन्न सकेका छैनन्,' कार्कीले भने, 'त्यो कुरा हामीले पनि सिक्नु पर्ने छ।'
प्रकाशित: २३ फाल्गुन २०६९ २१:४३ बुधबार



