नयाँ दिल्ली, भदौ ८ (एजेन्सी)- १३ वर्षपछि भारतले जनसंख्यामा चीनलाई जित्ने भएको छ। संयुक्त राष्ट्र संघको प्रक्षेपण अनुसार सन् २०२५ सम्ममा भारतको जनसंख्या चीनभन्दा बढी हुनसक्ने जानकारी स्वास्थ्य तथा परिवार कल्याण मन्त्री गुलाम नबी आजाले शुक्बार संसदमा दिएका हुन्।
सन् २०६० सम्म भारतको जनसंख्या १७० करोड हुने अनुमान गरिएको छ।
सन् २००१ देखि २०११ सम्मको जनगणना अनुसार भारतका १८ राज्यमा जनसंख्याको वृद्धि दर औसतभन्दा बढी रहेको छ।
बाजुरामा पाँच वर्षको अवधिका क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले आज सो तथ्याङ्क सार्वजनिक गरेको हो ।