त्यहाँको रोमन क्याथोलिक चर्चका पादरीबाट गरिएको यौन शोषणका सम्बन्धमा आयोगले छानविन गरेको थियो।
यौन तथा शारिरिक शोषणका सम्बन्धमा अप्रेल ३ सम्म अष्ट्रियामा १ हजार २ सय ४४ सिकायत प्राप्त भएकोमा ७ सय २ वटाको छानविन सकिएको आयोगले जनाएको छ। त्यस सम्बन्धमा यौन तथा शाििररिक शोषण भएका लगभग ६ सयभन्दा बढीलाई क्षतीपूर्ती दिइएको थियो।
यसरी सिकायत दिनेमा धेरैजसो पुरुष भएकोर उनीहरू सन् १९६०को दशकमा शोषणको सिकार भएका थिए। त्यतिबेला उनीहरूको उमेर छ देखि १३ वर्ष थियो।
प्रकाशित: ६ वैशाख २०६९ ०१:०३ बुधबार



