दुई फरक जनरामा निर्मित ‘जदौ’ र ‘चंगुल’ को ट्रेलर बिहिबार सार्वजनिक भएको छ।
असोज नौ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जदौ’ अन्तरजातीय प्रेम तथा सामाजिक ड्रामा जनरामा निर्माण भएको छ। यसमा मुकुन भुसाल, रिचा शर्मा,नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापालगायतको अभिनय छ । अञ्जन शर्मा तथा काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको यो चलचित्रलाई रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत छ।
अर्को तर्फ गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको विषयवस्तुलाई लिएर चलचित्र ‘चंगुल’ लाई निर्माण गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरले देशमा देखिएको राजनीतिक परिवर्तन र सामाजिक घटनाक्रमलाई कथाको केन्द्रमा राखेको छ।
राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल र रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ। ‘चंगुल’ असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: २ आश्विन २०८३ १२:१० शुक्रबार



