अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक एवं श्रीमान् निश्चल बस्नेतको बचाउमा उत्रिएकी छन्
बस्नेतमाथि २१ फागुनमा सम्पन्न निर्वाचनलाई प्रभावित गर्नेगरी युट्युबमा ‘दिमाग खराब’ चलचित्र सार्वजनिक गरेको आरोप लाग्दै आएको छ। त्यसैलाई लिएर उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘फेसवास गर्न अल्छी मान्ने मान्छेले ब्रेनवास गर्यो भनेर कसरी पत्याउने?’
गत भदौमा भएको जेनजी प्रदर्शनपछि नै निर्देशक बस्नेत निरन्तर चर्चामा रहेका छन्। जेनजी आन्दोलनमा उनको भूमिकालाई लिएर पनि प्रश्न गर्ने गरिएको छ। जेनजी प्रदर्शनदेखि निर्वाचनसम्म उनले निभाएको भूमिका सधैँ चर्चामा रहने गरेको छ।
‘दिमाग खराब’ मा आर्थिक अवस्था न्यून भएका एक नागरिकको विदेश जाने सपना र राजनीतिक दलहरूको गतिविधि प्रस्तुत गरिएको थियो। समग्रमा एक सामान्य युवाको जीवन कथामा राजनीतिक प्रभावलाई देखाइएको छ।
फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन्। चलचित्रमा निर्देशक बस्नेतसहित विजय बराल, स्वस्तिमा खड्का, अर्पण थापा, सुमन कार्कीलगायतको भूमिका रहेको छ।
निर्वाचनको मुखैमा दिमाग खराब, सेन्टी भाइरस, नांगो गाउँ र झरीपछिको इन्द्रेणीजस्ता केही चलचित्र युट्युबमा सार्वजनिक गरिएका थिए।
प्रकाशित: ९ चैत्र २०८२ ०९:४५ सोमबार



