कलाकार सागर लम्सालमाथि लागेको आरोपमा अभिनेत्री तथा मोडेल वर्षा सिवाकोटीले अप्रत्यक्ष रुपमा दोषीलाई कारवाहीको माग गरेकी छिन्।
उनले सामाजिक सञ्जालमा एक कविता लेख्दै न्याय व्यवस्थालाई कटाक्ष गरेकी छिन्। चुप लाग्ने हरेक आवाजले अर्को अन्याय जन्माइरहेको भन्दै उनले कसैको मौनता सहमति नभएको बताएकी छिन्।
उनले लेखेकी छिन्, ‘कसैको जीवन च्यातेर, कसैको आत्मा मारेर पनि उनीहरू अझै खुलेआम हिँडिरहेका छन् हास्दै, चम्किँदै, सम्मान पाइरहेका छन्। यो समाजको सबैभन्दा ठूलो विडम्बना यही हो।’
न्याय ढिलो होइन हराएको भन्दै उनले यस्तो लेखेकी छिन्ः
जहाँ अपराधीहरू लुकेका छैनन्‘
तर सत्य बोल्नेहरू डराएर बाँचिरहेका छन्।
न्याय ढिलो होइन, हराएको जस्तो लाग्छ
र चुप लाग्ने हरेक आवाजले
अर्को अन्याय जन्माइरहेको छ
कसैको शरीर खेलौना होइन
कसैको मौनता सहमति होइन ’
प्रकाशित: २० चैत्र २०८२ १५:४३ शुक्रबार



