कला/साहित्य

‘संघर्षमा सिरानचोक’ को लोकार्पण

नेपाल प्रज्ञाप्रतिष्ठानमा नवराज पुडासैनी ‘गुराँस’ काे ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण भएकाे छ।

नेपाल प्रज्ञाप्रतिष्ठान समाजशास्त्र विभागले आयाेजना गरेकाे कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल प्रज्ञाप्रतिष्ठान कुलपति भूपाल राई लगायतले ‘संघर्षमा सिरानचोक’ को लोकार्पण गरेका हुन्।

उक्त कार्यक्रममा पुस्तक लाेकार्पणसँगै विषयगत छलफल पनि भएकाे थियाे। ‘संघर्षमा सिरानचोक’ मा गोरखाको सिरानचोक गाउँपालिकाबाट जनयुद्धमा भएका सहिद, बेपत्ता, घाइते, कारागार जीवन जस्ता विषय समेटिएको छ।

प्रकाशित: ११ भाद्र २०८२ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App