कला/साहित्य

वक्तृत्वमा विजेता बनिन् कुमारी आचार्य

प्राज्ञिक विद्यार्थी परिषद् ज्ञान बहुमुखी क्याम्पस इकाईले आयाेजना गरेकाे युवाको आवाज: आजको आवश्यकता वक्तृत्वकला प्रतियोगितामा कुमारी आचार्य प्रथम भएकी छन्।

परिषदका संयोजक सुवास चलियेको अध्यक्षता र क्याम्पस प्रमुख टेकवहादुर गुरुङकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

झण्डै डेढ सय विद्यार्थीमाझ एक दर्जन बढी प्रतियोगीले आफ्ना विचारहरू राखेका थिए। प्रतियोगितामा शिवराज थापा द्वितीय, सङ्गीता कटुवाल तृतीय  र विनोद बोहरा सान्त्वना भएका थिए।

क्याम्पस प्रमुख टेकवहादुर गुरुङले अहिले शिक्षा टिकाउ र विकाउ हुनुपर्ने बताए।

साहित्यकार महानन्द ढकालले देश निर्माणको निर्णायक शक्ति भनेकै युवा शक्ति हो। युवाहरूलाई सिर्जनशील नबनाएसम्म देशले आमुल परिवर्तन गर्न नसक्ने जिकिर गरे।

प्राज्ञ महानन्द ढकाल संयोजक एवम् उपप्राध्यापक विमला खत्री र उपप्राध्यापक मणिप्रसाद गैरे सदस्य रहेको निर्णायक मण्डलले उक्त निर्णय सार्वजनिक गरेको थियो।

प्रकाशित: ११ पुस २०८२ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App