कला/साहित्य

बौद्ध इतिहास बोकेको पुस्तक सार्वजनिक

दक्षिण एसियाकै बौद्ध इतिहास बोकेको पुस्तक आइतबार भक्तपुरमा सार्वजनिक गरिएको छ । रसबाहिनी (जम्वुद्धीपमा उत्पन्न कथाहरु) नामक ३३० पृष्ठ लामो पुस्तक सार्वजनिक गरिएको हो ।  

श्रीलंकामा सिहाली भाषामा प्रकाशित पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको हो । नेपाली भाषामा प्रकाशित यो पहिलो पुस्तक हो ।  

पुस्तकको अनुवाद श्रीमती विद्यालक्ष्मी शाक्यले गरेकी हुन् । त्यसको सम्पादन भिक्षु विपस्सी महास्थविरले गरेका हुन् । पुस्तकको प्रकाशक उपासिका सरोज मानन्धर काठमाडौं रहेको छ।  

पुस्तकमा ४० वटा कथाहरु संकलित छन् । प्रकाशित पुस्तकमा दक्षिण एसियाकै बौद्ध इतिहासको गुप्त विषयहरु रहेको जनाइएको छ ।  

पुस्तकको मूल्य राखिएको छैन । तथापि चाहिने नचाहिने सवैले नलेओस् भनेर प्रति पुस्तक रु तीन सय सहयोगस्वरुप लिने मुनि विहार इनाचो भक्तपुरले जनाएको छ । पुस्तक पढ्न चाहनेहरुले मुनि विहार भक्तपुरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  

पुस्तकको विमोचन बौद्ध विद्धान भिक्षु उपतिस्स महास्थवीर र अर्को बौद्ध विद्धान मदनरत्न मानन्धरले विहारमै संयुक्त रुपमा गरेका थिए ।

प्रकाशित: ६ पुस २०८२ १८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App