गीतकार चन्द्र जयपाल राईकाे ‘बाबियो डोरी’ म्युजिक भिडियाे सार्वजनिक भएको छ।
गीतकार चन्द्र जयपाल राईकाे शब्दलाई परेश राई र मेनुका राईले सुमधुर शब्दमार्फत जीवन्तता तुल्याएका छन्।
उक्त गीतलाई शशि गुरुङले कम्पोज तथा निर्देशन र किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। देवेश राईले गीतको संगीत संयोजन र राजेश श्रेष्ठले रेकर्ड गरेका हुन्।
गीत ‘एक संगीतकार’ स्टुडियोमा रेकर्ड गरिएको हो। म्युजिक भिडियोमा सोनम तामाङ र अञ्जना राईको अभिनय छ।
त्यस्तै उमेश राई (फुलान्देको आमा) ले भिडियोको कोरियोग्राफी गरेका हुन्। भोगेन्द्र याम्फुले निर्माण व्यवस्थापन गरेकाे यसकाे निर्माता शिखर राई छन्।
भिडियोको छायांकन भूपेन्द्र तुम्बाहाङ्फेले गरेका हुन् भने सम्पादन अनिल राणाले गरेका छन्। गीत तथा भिडियोले नेपाली लोकसंस्कृति, प्रेम र मौलिकताको झल्को दिने प्रयास गरेको निर्माण टिमले जनाएको छ।
सार्वजनिक भएलगत्तै गीतले दर्शक तथा श्रोताकाे मीठाे प्रतिक्रिया पाउँदै छ। मौलिक शब्द, आकर्षक संगीत तथा उत्कृष्ट अभिनयका कारण ‘बाबियो डोरी’ नेपाली लोकसंगीतप्रेमीमाझ लोकप्रिय बन्ने अपेक्षा छ।
प्रकाशित: ३ जेष्ठ २०८३ १०:१९ आइतबार



