अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्ना बुवा कृष्णराज रायको जन्मदिनको अवसरमा भावुक भएकी छिन्।
आफ्नो बुवा कृष्णराज रायलाई सम्झँदै पुराना तस्बिरहरू समेत साझा गरेकी छिन्।
उनले सामाजिक सञ्जालमा आफ्नी छोरी आराध्या र बुवा कृष्णराज रायसँगका धेरै तस्बिरहरू साझा गरेकी छिन्। साझा गरिएका तस्बिरहरूमा आराध्या र उनका हजुरबुवा कृष्णराज रायको प्रेमिल र विशेष पलहरू कैद भएका छन्।
उक्त फोटोहरूले ऐश्वर्याको बुवाप्रतिको स्नेह र आराध्यासँगको उनको आत्मीय सम्बन्धलाई देखाएको छ।
प्रकाशित: ५ मंसिर २०८२ ०९:०८ शुक्रबार



