कला/साहित्य

प्राज्ञ र पद

कविता

प्राज्ञ आफैँ प्रतिष्ठामा बस्न सक्दैन हो किन

प्राज्ञको गरिमा भुल्ने देखियो आज दिन्दिन।

मानमाथि अझै मान चाहेमा गिर्छ निश्चित

यस्तै आचारले गर्दा प्राज्ञ हुनेछ निन्दित।

दुर्वाच्य जसले बोल्यो  उही असल पण्डित

अपराधी बन्यो साधु जहाँ हुँदैन दण्डित

अदक्ष दक्ष हूँ भन्छ प्रमाणपत्रको धरो

व्यवहार न आचार प्राज्ञ छन् अपहेलित।

बिन्तीपत्र लिई हिँड्छन् पदवी एउटा लिन

व्यक्तित्व नै गिराएर थाल्छन् जब धाउन।

महत्त्व उसको हुन्न  सक्नुपर्छ चिनाउन

उचाइँ जसले बुझ्छ गोडा हुन्न कमाउन।

देवकोटा थिए प्राज्ञ त्यस्तै नै लेखनाथ हुन्

हिँडेनन् पदका लागि बाँचेका जहिल्यै छन्।

प्राज्ञले विज्ञता राख नबिकौँ कहिले पनि  

तब त्यो प्राज्ञ हो भन्ने चिनिन्छ है जुनीजुनी।

प्रकाशित: ३ जेष्ठ २०८३ ०७:३५ आइतबार