कला

अन्तर्राष्ट्रिय म्युजिक सम्मेलनमा 'अबाट्रस'

काठमाडौं-नेपाली रक ब्यान्ड 'अबाट्रस'ले अमेरिकामा आयोजना हुने अन्तराष्ट्रिय म्युजिक फेस्टिवलमा सहभागि हुने भएको छ। 'साउथ बाई साउनवेस्ट' नामक महोत्सवमा नेपाली रक ब्यान्ड 'अबाट्रस'ले सांगीतिक सम्मेलनमा सहभागि हुनेछ।आगामी चैत २ देखि टेक्ससमा सुरु हुने पाँच दिने म्युजिक फेस्टिवलमा संगीतसम्बन्धी अन्तरक्रिया, सम्मेलन, फिल्म र सांगीतिक गतिविधिहरु हुनेछन् । विगत २८ वर्षदेखि नियमित रुपमा सुरु हुँदै आएको फेस्टिवलमा नेपाली रक ब्यान्ड 'अबाट्रस'ल नेपाली संगीतको प्रतिनिधित्व गर्नेछन्। 'साउथ बाई साउनवेस्ट म्युजिक २०१६ साप्ताहिक राउन्ड अप' अन्तर्गत 'अबाट्रस' छनोट भएको हो ।

नेपालको 'अबाट्रस' सहित अमेरिका, जर्मनी, मेक्सिको,फ्रान्स, ब्राजिल, बेलायत, अष्ट्रेलिया, चिल्ली, पोल्यान्ड, क्यानेडा र डेनमार्क लगायत देशको सयभन्दा बढी सांगीतिक ब्यान्ड र कलाकारहरुले फेस्टिवलमा सहभागिमा जनाउनेछन् ।

'अबाट्रस'को 'म र मलाई', 'जो जससँग सम्बन्धित छ' र 'अत्ति भयो' लगायत एल्बम सार्वजनिक भइसकेको छ भने 'फर्की फर्की', 'छैन', 'बज्र्र', 'कोसिश', 'आवाज','म' र 'सृष्टि र दृष्टि' लगायत गीतहरु चर्चामा छन्।

प्रकाशित: १६ माघ २०७२ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App