पोखरा-नेपाली साहित्यलाई प्रोत्साहन गर्ने उद्देश्यले 'एनसेल नेपाल लिटरेचर फेस्टिबल' शुक्रबारदेखि पोखराको पार्दीमा सुरु भएको छ । बुकवर्म फाउन्डेसनले आयोजना गरेको चार दिने महोत्सवको समुद्घाटन लेखक तथा बेलायती गुर्खा सैनिकको अधिकारको अभियन्ता जेपीक्रसल गरे।आर्थिक विश्लेषक पिताम्बर शर्माको प्रवचनबाट महोत्सव सुरु गरिएको थियो ।'महोत्सवको पाँचौ संस्करण पोखरामा गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । हाम्रो प्रयास यो पर्यटकीय नगरीमा साहित्यिक र सांस्कृतिक वातावरणलाई प्रवद्र्धन गर्नु हो,'आयोजकका अजित बरालले भने । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका सचिव योगेश भट्टराई र कान्तिपुरका सम्पादक सुधीर शर्मासँग हाल चर्चित रहेको नयाँशक्ति अभियानको औचित्य र आवश्यकताबारे छलफलबाट महोत्सवको कार्यक्रम सुरु गरिएको थियो ।
डा. भट्टराईका अनुसार देशमा गरिबी निवारण गर्न, रोजगारी सिर्जना गर्न र हालको राजनैतीक जडताबाट नेपाललाई पाँचवर्ष भित्रमा रुपान्तरण गर्न नयाँशक्तिको आवश्यकता छ धारण प्रस्तुत गरे ।
त्यस्तै साहित्यकारहरु खगेन्द्र संग्रौला, शरदचन्द्र वस्ती र मोहन मैनालीले नेपाली साहित्या भाषाका कुराबारे छलफल गरेका थिए । 'नारा कि कविता?' शीर्षक दिइएको अर्को सत्रमा संगीतश्रोताले कविहरु सरिता तिवारी, श्रवण मुकारुङ र तीर्थ श्रेष्ठलाई कवितालाई पैरवी र अधिकारको खोजका रुपमा प्रयोग गर्ने प्रवृत्तिबारे प्रश्न गरेका थिए । आगामी १८माघसम्म चल्ने यो साहित्यिक सम्मेलनको सत्रमा साहित्य, कला, समाजशास्त्रदेखि अर्थशास्त्र, सिनेमा लगायतका विषय हुनेछन्
प्रकाशित: १६ माघ २०७२ ०३:०० शनिबार