कला

मुर्दा शान्ति

कविता

आगो लागेको त्यो बस्तीमा

कोलाहल बोकेको त्यो सन्नाटा

लाटो मान्छेको अव्यक्त अभिव्यक्ति बनेर

सागरको छालजस्तो

किनारामा ठक्कर खाँदाखाँदा

अभ्यस्त बनेको मन

केही खोजिरहेको हुन्छ

एउटा चाहत

जुन हुरी बनेर

भागिसकेको छ

त्यसलाई पछ्याउँदापछ्याउँदै

कहिले नथाकेको मन

आफ्नै तनलाई नचिन्ने भइसकेको छ

त्यसैले त म भन्ने गर्दछु

बतास सकिएपछिको शान्ति

एउटा मुर्दा शान्ति हो, जीवनको

त्यस्तो शान्ति भन्दा

बताससँग चिप्लेटी खेलेर बाँचेको जीवन

जिउँदो हुन्छ।

प्रकाशित: ३१ श्रावण २०७७ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App