विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिड समारोहमा २२ जना महिला फाइनल भएकी छन्। बिहीबार साँझ काठमाडौंमा भव्यताका साथ उक्त समारोह सम्पन्न भएको छ।
सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को यो कार्यक्रममा अन्तिम स्पर्धाका लागि २२ जना महिला छनोट भएका छन्। देशका विभिन्न भागमा गरिएको अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका उनीहरूलाई सो समारोहमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त र सफल व्यक्तित्वहरुबाट ट्याग नम्बर र स्यास प्रदान गरिएको छ।
राजधानीको थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा अन्तिम स्पर्धाका लागि छनोट भएका महिलाहरूले आफ्नो परिचय दिएका थिए। समारोहसँगै उनीहरूलाई प्रतियोगिताको औपचारिक प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
यस वर्षको प्रतियोगिताको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, विन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, विनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जनले प्रतिस्पर्धा गर्दैछन्।
आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यसपटकको प्रतियोगितामा विभिन्न पेसा र क्षेत्रका महिलाको सहभागिता छ।
मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लवमा आयोजना हुने भएको छ। प्रतियोगिताबाट छानिने मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
प्रकाशित: २ आश्विन २०८३ १२:२७ शुक्रबार



