कला/साहित्य

सहभागिता

लघुकथा

“यो अल्ली राम्री छे, अतिथिलाई खादा यसले लगाउँछे।”

“यो हँसिली छे, टीका यसले लगाइदिन्छे।”

“यो गोरी र उज्याली छे, अतिथिलाई नमस्ते गर्दै हिँड्छे।”

“यो चम्किली नानीलाई ब्याच लगाउने जिम्मा दिऊँ।”

मञ्चमा बसेका सुकिलामुकिला अतिथिहरूलाई ब्याच, खादा टीका लगाउने जिम्मा राम्री, हँसिली, गोरी, उज्याली र चम्किली नानीहरूले पाए। पुरुष अतिथिहरूले खचाखच भरिएको कार्यक्रममा महिलाहरूको समान सहभागिता र सम्मानजनक सहभागिताबारे एकजना वक्ताले सानदार प्रवचन दिँदै थिए।  

प्रकाशित: २४ जेष्ठ २०८२ १३:२६ शनिबार

# Nagarik # Laghukatha