कला

माउन्टेन ड्युको ग्रीष्मकालीन प्रचार अभियान

माउन्टेन ड्युले बुधबारदेखि ग्रीष्मकालीन प्रचार अभियान थालेको छ। उपभोक्तालाई आफूभित्रको डर हटाउन आग्रह गर्दै कम्पनीले सो अभियान थालेको हो।

अभियानमा जोडिएका अनुपविक्रम शाहीले माउन्टेन ड्युले विगतमा झैं व्यक्त गर्दै आएको ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई नै विशेष जोड दिएको बताए छ। कम्पनीले यो रमाइलो प्रचार अभियान एक टिभी विज्ञापनमार्फत प्रस्तुत गरेको र यसमा भएको रोमाञ्चकारी स्टन्ट र आकर्षक कथासारले उपभोक्तालाई बाँधी राख्ने विश्वास लिएको छ।

पेप्सीको नेपालका एसोसिएट डायरेक्टर अनुज गोयलले ग्रीष्मकालीन अभियान फेरि सुरु गर्न पाउँदा उत्साहित भएको बताए। यस अभियानमा उपभोक्तालाई बाँधेर राख्ने कथासार र मुटुको ढुकढुकी बढाउने स्टण्टहरू भएको टिभी विज्ञापन नेपाली युवाहरूसँग जोडिनेछ र माउन्टेन ड्युको चुस्कीमा रमाउँदै उनीहरू भित्रको डर भगाएर यो गर्मी यामको मजा लिन जोड दिइएको बताए।

प्रकाशित: ८ चैत्र २०८० ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App