रौतहटको राजदेवी नगरपालिकामा मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीले बहुमतसहित विजय प्राप्त गरेको छ।
नेकपा एकीकृत समाजवादीका भिखारी यादवले ७०५२ मत प्राप्त गरि मेयर पदमा निर्वाचित भएका छन्। यादवले नेपाली काङ्ग्रेस का धिरेन्द्र सिहलाइ साढे तीन हजार भन्दा बढी मतले पराजित गरेका हुन्।
नेकपा एकीकृत समाजवादीका राष्ट्रिय अध्यक्ष निकट मानिएका यादवले नेकपा एसको मेयर पदमा खाता खोलेका हुन्। नेपाली काङ्ग्रेका धिरेन्द्र सिंहले ३७०७ मत प्राप्त गरेका छन्। सिंह राजदेवी नगरपालिकाका निवर्तमान मेयर हुन्।
यसैगरी उपमेयरमा नेकपा एसका राजकुमारी देविले ५८४२ मत प्राप्त गरि उपमेयर पदमा जित हासिल गरेकी छन्। उनका निकटदम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अर्चना कुमारी यादवले ३२४९ मत प्राप्त गरेकी हुन्।
प्रकाशित: ४ जेष्ठ २०७९ ०७:४१ बुधबार



