रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा निर्वाचित भएका हुन्। श्रेष्ठ ३ हजार ९ सय ७५ मत मंगोल नेश्नल अर्गनाइजेशनका रतनबहादुर पुनको ५ सय ३ मत आएको छ। श्रेष्ठ र बुढाको मतान्तर ३ हजार ४ सय ७२ को मतान्तर छ। राष्ट्रिय जनमोर्चाका कमान पुनले ५६ मत ल्याए।
उपाध्यक्षमा सबिना बुढाले ३ हजार ९ सय ५१ ल्याउँदा एमाले कांग्रेस गठबन्धनका उम्मेदवार कमानसिङ डाँगीले १ हजार ३ सय ५५ मत ल्याए। ९ वडा रहेको भूमेमा ८ नम्बर वडा कांग्रेस र ४ नम्बर वडा एमालेले जितेको छ। बाँकी ७ वटा वडा माओवादी केन्द्रले जित हात पारेको छ। २०७४ सालको निर्वाचनमा पनि भूमे गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका थिए।
प्रकाशित: ४ जेष्ठ २०७९ ०५:०४ बुधबार



