लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरको मेयरमा काङ्ग्रेसका जोगराज चौधरी र उप मेयरमा काङ्ग्रेसकि लक्ष्मी योगि निर्वाचित भए।
मेयरमा चौधरीले ९ हजार ३ सय १७ मत प्राप्त गरे। चौधरी अघिल्लो स्थानीय निर्वाचनमा पनि मेयरमा लडेका थिए। उनी त्यो बेला एमालेका कुलबहादुर केसी सँग पराजित भएका थिए।
उनका प्रतिस्पर्धीमाओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गरे। यसैगरी उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मतका साथ विजयी भइन । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ गरिन्।
प्रकाशित: ४ जेष्ठ २०७९ ०३:३५ बुधबार



