रौतहटमा २४ मतदान केन्द्रमा अत्यन्त कडा सुरक्षाका साथ पुनः मतदान जारी छ।
गत बैशाख गते विभिन्न कारणले स्थगित रौतहटको छ पालिकाका २४ मतदान केन्द्रमा बिहान सात बजेदेखि मतदान भैरहेको छ।
मतदान केन्द्रमा मतदाताको निकै ठूलो लाम देखाएको छ। सुरक्षाकर्मीले मतदातालाइ सबै किसिमको सहयोग गरिरहेको देखिएको छ।
जेष्ठ नागरिक अपाङ्ग र बिरामीलाइ प्राथमिकतामा राखेर शान्ति पुर्ण किसिमले मतदान भैरहेको गढिमाइ घ का मतदान अधिकृत सुदिप गौतमले बताएका छन्।
प्रकाशित: ४ जेष्ठ २०७९ ०३:३४ बुधबार



