इलाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा केदार थापा र उपमेयरमा विष्णुकुमारी लिम्बू दाहाल विजयी भएका हुन्।
थापाले नेकपा (एमाले)का धीरेन चेम्जोङलाई पराजित गर। थापाले १३ हजार १ सय ६५ र चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याएका छन्। उपमेयरमा लिम्बूले १३ हजार ५ सय ८२ र एमालेकी सीता रिजालले १० हजार ८८ मत ल्याइन्।
१२ वटा वडा रहेको इलाम नगरपालिकाको वडा १, ३ र ११ एमाले तथा बाँकी सबैमा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन्।
प्रकाशित: ४ जेष्ठ २०७९ ०२:२५ बुधबार



