निर्वाचन विशेष

विराटनगर महानगरपालिकाः काँग्रेसका नागेश कोइरालाकाे अग्रता कायमै

विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइरालाले अग्रतालाई कायमै बनाएका छन्।

पछिल्लो समयको मत परिणाम अनुसार कोइरालाले ११ हजार ८ सय ७६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ९ हजार ७५ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उमेश यादवले ३ हजार ९ सय २७ मत प्राप्त गरेका छन्। राप्रपाका प्रह्लाद साहले २ हजार ५ सय ३९ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १० हजार ४ सय २६ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनततर्फबाट जसपाका अमरेन्द्र यादवले ६ हजार ३ सय ८२ मत प्राप्त गरेका छन्। राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ३ हजार ६५ र स्वतन्त्रकी नमिता न्यौपानेले २ हजार १ सय ९९ प्राप्त गरेकी छन्। हालसम्म ३७ हजार ५ सय ३४ मत गणना भइसकेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App