निर्वाचन विशेष

रसुवाको नौकुण्डमा कांग्रेस विजयी

नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत कल्पनाकुमारी खतिवडाले जानकारी दिइन्। यसअघि लामा सोही गाउँपालिकाको उपाध्यक्ष थिए।

यसैगरी उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले दुई हजार नौ सय चार मत प्राप्त गरी विजयी भएका छन्। उनको प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का भुमे लामाले एक हजार नौ सय ५१ मत प्राप्त गरेका हुन्।

यस्तै सो गाउँपालिकाको छ वडामध्ये १, ४, ५ मा कांग्रेसका क्रमशः कान्छा तामाङ, ज्ञानी वाइवा र श्यामबहादुर थिङ, वडा नं २, ३, ६ मा एमालेका क्रमशः ङाफुबाबु थोक्रा, नोकेन्द्रदेव नेकोर र योनुर्पु तामाङ अध्यक्षमा विजय भएका छन्। गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका, उत्तरगया गाउँपालिकाको मत परिमाण यसअघिनै घोषणा भइसकेको छ। रासस

प्रकाशित: ३ जेष्ठ २०७९ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App