कर्पोरेट

सिद्धार्थ क्यापिटलको सेवाले लगानीकर्ताको विश्वास जित्दै

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिई लगानी व्यवस्थापन सेवा पोफोलियो म्यानेजमेन्ट सर्भिस (पिएमएस) प्रदान गर्दै आइरहेको सिद्धार्थ क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन अन्तर्गत एसेट्स अन्डर म्यानेजमेन्ट एक अर्ब नाघेको छ।

यस उपलब्धिले संस्थाप्रति लगानीकर्ताहरूकोे विश्वास तथा सुदृढ व्यवस्थापन क्षमतालाई प्रतिबिम्बित गर्दछ।

सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले यो अवसर सिद्धार्थ क्यापिटल लिमिटेडको लागि मात्र नभएर सम्पूर्ण ग्राहकवर्ग, साझेदार, नियामक निकायको र कर्मचारीहरूको विश्वास र साथको परिणाम हो।

सिद्धार्थ क्यापिटल दीर्घकालीन तथा सुरक्षित लगानीमार्फत दिगो प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी व्यक्त गरे।

संस्थाले व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन, सामूहिक लगानी कोष, निक्षेप सदस्य, धितोपत्र प्रत्याभूति तथा संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: १५ पुस २०८२ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App