बजार

सामसुङको नयाँ AI-Driven मा स्मार्टफोन अनुभवको सङ्केत

सामसङले नयाँ एआई–आधारित स्मार्टफोन अनुभवको संकेत दिएको छ। 

हालै सार्वजनिक गरिएका टिजरहरूमा कम्पनीले केही नयाँ र रोमाञ्चक फिचर आउन लागेको आभास दिएको छ। यद्यपि आधिकारिक विवरण खुलाइएको छैन, टिजरले डिस्प्ले इन्टेलिजेन्स, अन-डिभाइस एआई र नाइटोग्राफी फिचरमा सम्भावित सुधारतर्फ संकेत गरेको देखिन्छ।

नेपालमा ग्यालेक्सी फ्ल्यागशिप फोनहरूको सफलतापछि सामसङले प्रयोगकर्ताको दैनिक अनुभवलाई अझ स्मार्ट र सहज बनाउने नवप्रवर्तनमा ध्यान केन्द्रित गरिरहेको छ। टिजर अनुसार नयाँ एआई–सञ्चालित डिस्प्ले प्रणालीले रियल–टाइममा सामग्री अनुकूलन गर्दै प्रयोगकर्ताको अन्तरक्रिया सुधार गर्ने अपेक्षा गरिएको छ।

यसका साथै, स्क्रिन गोपनीयतामा नयाँ एआई–आधारित समाधान ल्याउने सम्भावनाले पनि चासो बढाएको छ। सामसङको नयाँ टिजरले चाँडै नै स्मार्टफोनमा नयाँ स्तरको बुद्धिमत्ता सार्वजनिक हुने संकेत दिएको छ।

प्रकाशित: २६ माघ २०८२ १७:५१ सोमबार