बजार

नाडामा नयाँ नेतृत्व चयन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्व चयन भएको छ । सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा २९ सदस्यीय समिति गठन भएको हो ।  निवर्तमान अध्यक्षमा करणकुमार चौधरी रहेका छन् ।

संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति, महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल र सहकोषाध्यक्षमा निलमणि पाठक रहेका छन् ।

संस्थागत सदस्यमध्ये प्रदेश सदस्यको रूपमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा छन् । साधारण सदस्यमा अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह चयन भएका छन् । अध्यक्षबाट मनोनित सदस्यमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन् ।

त्यसैगरी नयाँ अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमको पनि आयोजना गरेका छन् ।

निर्वाचनपछि सम्पन्न कार्य समितिले नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम पदाधिकारीहरूको निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्वलाई पूर्णता प्रदान गरेको हो ।

नयाँ कार्य समितिको गठनसँगै नाडाले आगामी योजनाहरू कार्यान्वयन गर्दै अटोमोबाइल उद्योग प्रवद्र्धनमा थप सक्रियता देखाउने अपेक्षा गरिएको छ ।

प्रकाशित: ८ चैत्र २०८२ २०:३५ आइतबार