एमएडब्लु वृद्धिले आफ्ना लोकप्रिय ईभी ब्रान्डहरू—दीपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेट्दै नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेञ्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ।
आगामी चैत १२ देखि १४ गतेसम्म देशभर आयोजना हुने यस मेगा एक्सचेञ्ज कार्निभल ईभीमा अपग्रेड हुने सबैभन्दा उपयुक्त समय हुने छ।
यस मेगा एक्सचेञ्जमा ग्राहकहरूले प्रत्यक्ष नगद छुट, पुराना गाडीहरूको उच्चतम मूल्यांकन, आकर्षक एक्सचेञ्ज बोनस, निःशुल्क बीमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधाहरू प्राप्त गर्नेछन्।
नेपालमा दिगो यातायाततर्फको रूपान्तरण तीव्र रूपमा अघि बढिरहेको सन्दर्भमा एमएडब्लु वृद्धिले नवीन तथा ग्राहक–केन्द्रित पहलमार्फत ईभी स्वामित्वलाई सहज बनाउने प्रतिबद्धता जनाएको छ। बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र आकर्षक एक्सचेञ्ज सुविधाका कारण यो कार्निभल ईभीमा अपग्रेड हुने उपयुक्त अवसर बनेको कम्पनीले जनाएको छ।
काठमाडौं उपत्यकामा कार्यक्रमको आयोजना ग्राहकमैत्री बनाउन गौरीघाटस्थित सिल्भर ओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एण्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लाजामा गरिनेछ। उपत्यका बाहिर भने दीपल, नामी र सेरेसका सम्बन्धित शोरूमहरूमा कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रममा रोबोटिक शो, किड्स जोन तथा विभिन्न खेल र खानाका स्टलहरू जस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिनेछन्, जसले सम्पूर्ण परिवारका लागि रमाइलो र अन्तरक्रियात्मक अनुभव प्रदान गर्नेछ।
प्रकाशित: ४ चैत्र २०८२ १८:१९ बुधबार