बजार

सुनको मूल्य पाँच हजारले बढ्यो, चाँदी पनि महंगियो

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको हो।

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर दुई लाख ९८ हजार २०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला १२० रुपैयाँको बढोत्तरी देखिएको छ। आइतबार प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी सोमबार पाँच हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा नेपाली बजारका लागि दैनिक रूपमा सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

प्रकाशित: १ असार २०८३ १०:४५ सोमबार