बजार

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ कायम छ। 

हिजो (मंगलबार) सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ थियो, भने चाँदी ३ हजार ६०० रुपैयाँ रहेको थियो। यसरी आज सुन २०० रुपैयाँ वृद्धि हुँदा चाँदीको मूल्य १५० रुपैयाँले बढेको छ। 

प्रकाशित: २४ मंसिर २०८२ ११:०४ बुधबार