अपराध

लागुऔषधसहित दुई युवा पक्राउ

उदयपुरमा प्रहरीले लागुऔषधसहित दुई युवालाई नियन्त्रणमा लिएको छ।

सिरहा र उदयपुर सीमास्थित प्रहरी चौकी बेलसोतबाट खटेको टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

सिरहाबाट कटारीतर्फ आउँदै गरेको ना २२ प ६२२१ नम्बरको मोटरसाइकल सवार चालक कटारी नगरपालिका–३ का ३९ वर्षीय नाजिर खान र पछाडि सवार सोही स्थानका ३५ वर्षीय वीरेन्द्र राई पक्राउ परेका हुन्।

सवारी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट कोरकोफ–सी नामक लागू औषध ३ बोतल  फेला परेपछि मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

उनीहरुमाथि इलाका प्रहरी कार्यालय कटारीमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: २४ जेष्ठ २०८३ १५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App