अपराध

२ लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमलाई २ लाख घुस लिन लागेको अवस्थामा रंगेहात पक्राउ गरेको छ।

विद्यालयका कर्मचारीको पारिश्रमिक बढाइने भन्दै उनी २ लाख घुस लिने क्रममा बिहीबार दिउँसो रंगेहात पक्राउ परेका हुन्।

स्ट्रिङ अप्रेसन गरेर घुस लिन लाग्दा २ लाख नगदसहित बमलाई रंगे हात पक्राउ गरिएकाे  सूचना अधिकारी चेत राज भट्टले जानकारी दिए।

‘कर्मचारीको पारिश्रमिक बढाइदिने भनेर घुस मागेकोमा स्ट्रिङ अप्रेसनमा रंगेहात विद्यालय व्यवस्थापन समिति सदस्यलाई नियन्त्रणमा लिइएको हो’,उनले भने।

यसबारे थप अनुसन्धान गरिने उनको भनाई छ। विद्यालयजस्तो पवित्र संस्थामा २ लाख घुस सहित रंगेहात पक्राउ पर्नुले विद्यालयमा हुने अनियमितताको कुरूप पाटो सतहमा आएको छ।

प्रकाशित: ४ भाद्र २०८३ १६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App