कारमा लुकाएर नेपाल ल्याउने क्रममा क्रममा ५ किलो चाँदी, ५७ ग्राम सुन र ३ लाख बढी भारतीय रुपैयाँसहित एक जना नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले बुधबार दिउँसो खुनुवामा पक्राउ गरेको छ।
एसएसबी खुनुवा, जनपद सिद्धार्थनगरले चेकजाच गर्नेक्रममा दिल्ली नम्बरको डीएल १ सी एएच ३८२७ अर्टिगा कारमा राखेको अवस्थामा ५ किलो ९५ ग्राम चादी र ५७ दशमलव १४ ग्राम सुन र ३ लाख ८० हजार ३ सय भारतीय रुपैयाँ बरामद गरेको हो। सो चाँदी र सुन ब्यागमा राखेको अवस्थामा फेला पारिएको हो।
सुनचाँदी र भारतीय रुपैयाँसंगै रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय नारयणप्रसाद घिमिरे पक्राउ परेको भारतीय जनपद सिद्धार्थनगरले जनाएको छ। पक्राउ परेका घिमिरेले सो कारमा लिफ्ट लिएर दिल्लीबाट नेपाल आइरहेको थिए।
कारमा घिमिरेसंगै ५ जना अन्य रहेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार घिमिरेले दिल्लीमा कबाडी व्यवसाय गर्दै आएका छन्। पक्राउ परेका घिमिरेलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको एसएसबी खुनुवाले जनाएको छ।
सस्तो पर्ने भएकाले सुनचादी व्यापारीले भारतबाट लुकीछिपी अवैध रूपमा सुनचाँदी भित्राउने गरेको बताइएको छ।
प्रकाशित: ५ कार्तिक २०८२ १९:१३ बुधबार



