अपराध

जेनजी आन्दोलनका बेला सुन्धाराबाट फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने ६१ वर्षीय पदम घ्याम्छो तामाङलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको हो।

तामाङ जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका बेला २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।

फरार रहेका तामाङलाई २०८३ साउन २८ गते भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको हो।

उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०८३ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App