अपराध

भुस राख्ने घरभित्र भेटियो लुकाइएको ३ सय किलो गाँजा

सर्लाहीको कौडेना गाउँपालिका-१ लक्ष्मीपुरस्थित एक घरबाट प्रहरीले करिब ३०० किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब सवा १० बजे बासघारीस्थित स्थानीय बिजन पटेलको घरमा छापा मारेको थियो।

पटेलको टाली र बाँसले बनेको भुस राख्ने कोठाभित्र लुकाएर राखिएको अवस्थामा १५ वटा बोरामा रहेको अन्दाजी ३०० किलो गाँजा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

छापा मार्ने क्रममा घरधनी बिजन पटेल भने फरार भएका छन्।

बरामद गरिएको गाँजा कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको र फरार पटेलको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।

प्रकाशित: ३ भाद्र २०८३ २१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App