अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६ वर्षीय यमराज रम्तेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
यसैगरी ललितपुर, गोदावारी नगरपालिका-३ टुपिखेलबाट अवैध लागूऔषध पोलेन १० ग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खत्रीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिन्धुली, सुनकोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन ९० ग्राम १ सय ६० मिलिग्राम सहित धनुषा मिथिला नगरपालिका-४ घर भएका २९ वर्षीय मन्जित योन्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको प्रदेश ३-०२-००१ प १६२२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
झापा, शिवसताक्षी नगरपालिका-६ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ४० वर्षीय राजेन्द्र गणेश समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेची पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २९ वर्षीय मेहबुब आलम मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम ७ सय ९० मिलिग्राम सहित पाँचथर याङ्वरक गाउँपालिका-१ बस्ने २१ वर्षीया निश्मा राई समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० शिविरक्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय रूपेस सार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले प्र ३-०२-००२ प ३८८४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
चितवन, राप्ती नगरपालिका-१ लोथरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३ सय ९५ ट्याब्लेट सहित तनहुँ बन्दिपुर गाउँपालिका-५ बस्ने २४ वर्षीय सन्तोष कुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०१-००१ ज ०६३० नम्बरको भ्यानमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित भानुनगरपालिका-१० ढाड बस्ने ३० वर्षीय समुन्द्र विमलीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६५३८ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी तनहुँ, म्याग्दे गाउँपालिका-४ थर्पुबाट नियन्त्रित लागूऔषध फेनारगन १६ एम्पुल, डाईजेपाम १५ एम्पुल रबुप्रेनोर्फिन १६ एम्पुल सहित कास्की मादी गाउँपालिका-८ बस्ने २९ वर्षीय सुरेश परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१-००२ प ४६७४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-२ छपकैया बस्ने १९वर्षीय सुजित यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वा समेतबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका-३ बस्ने २४ वर्षीय ज्ञानेन्द्र नेपाली र २१ वर्षीय रोहित कुमाल रहेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रकाशित: १७ कार्तिक २०८३ १५:२७ मंगलबार


-600x400.jpg)
-600x400.jpg)