खेल

इन्जिनियर्स सम्मेलन दौड हुने

काठमाडौं – नेपाल इन्जिनियर्स एसोसिएसनको युथ एन्ड स्पोर्ट्स कमिटीको आयोजनामा शनिबार इन्जिनियर्स सम्मेलन दौड गर्ने भएको छ।

पुल्चोकस्थिति हरिहर भवनस्थित इन्जिनियर्स भवनबाट पाँच किलोमिटर दौड सुरु भई नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर समापन हुने युथ एन्ड स्पोर्ट्स कमिटीका अध्यक्ष इन्जिनियर प्रदीपकुमार खत्रीले बताए। सो दौडमा करिब ५ सय जनाको सहभागिता रहने खत्रीले बताएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको १६औं राष्ट्रिय सम्मेलनको अवसरमा  दौड हुने लागेको हो।

महिला र पुरुष दुवैका विजेताले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कमिटीका सदस्यसचिव इन्जिनियर अनिल मानन्धरले बताए। महिला/पुरुष दुवैको विजेताले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। दौड हरिहर भवनबाट सुरु भई कुपन्डोल, बागमती पुल, थापाथली, माइतीघर, सहिदगेट, जमल हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुनेछ।

आगामी २१ फागुनमा विश्व इन्जिनियरिङ दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठान कमलादीमा १६औं राष्ट्रिय इन्जिनियर सम्मेलन हुन गइरहेकाले खेलकुदलाई समेत समावेश गर्ने उद्देश्यले दौड गरिएको अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले बताए।

प्रकाशित: १७ फाल्गुन २०७६ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App