खेल

नेपाल र प्यालेस्टाइन भिड्दै, नेपाल गर या मरको अवस्थामा

काठमाडौं – बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको समूह चरणको अन्तिम खेलमा शनिबार (आज) नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६ः१५ बाट सुरु हुनेछ।

नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा प्यालेस्टाइनलाई २ वा सो भन्दा माथि गोलले जित्नैपर्ने दबाब छ। बराबरी वा हार भएको खण्डमा प्यालेस्टाइन समूह विजेता र ताजिकिस्तान समूह उपविजेता बन्नेछन्। अाजकाे खेलमा नेपाल गर या मरकाे अवस्थामा मैदानमा उत्रनेछ। अर्को समूहबाट फिलिपिन्स समूह विजेता र बंगलादेश उपविजेता बनिसकेका छन्।

नेपाल पहिलो खेलमा मंगलबार ताजिकिस्तानसँग २–० ले नै पराजित भएको थियो। नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन्। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्यालेस्टाइनले आफ्नो पहिलो खेलमा बिहीबार ताजिकिस्तानलाई २–० ले पराजित गरेकोले प्यालेस्टाइनलाई पराजित गर्न नेपाललाई सहज भने हुने छैन्।

प्यालेस्टाइन फिफा बरियतामा नेपालभन्दा ६० स्थान माथि छ। प्यालेस्टाइन १०० र नेपाल १६० औं स्थानमा रहेका छन्।

नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान बिराज महर्जनले नेपाली टोली जितको लागि मैदानमा उत्रने बताएका छन्। प्रशिक्षक महर्जनले टोलीमा केहि चोटको समस्या भएपनि वैकल्पिक खेलाडी खेल्न तयार रहेको बताएका छन्। 

 

प्रकाशित: २० आश्विन २०७५ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App