एन्फा महिला लिगअन्तर्गतको सुपर लिगमा पछिल्लो खेलमा त्रिभुवन आर्मी क्लबले प्रभावशाली जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा आर्मीले वालिङ नगरपालिका विरुद्ध शुन्यका विरुद्ध १२ गोलले पराजित गरेको हो ।
पहिलो हाफमा ४ गोल गरेको आर्मीले दोस्रो हाफमा ८ गोल थपेको थियो । आर्मीको जितमा बिमला चौधरीले चार गोल गरिन् ।
नेपाल पुलिस क्बसँग बराबरीमा रोकिएको आमीले बागमती युथ क्लबलाई भने शुन्यका विरुद्ध २ गोलले पराजित गरेको थियो । बुधबारको जितसँगै आर्मीको ७ अंक भएको छ ।
वालिङको भने यो लगातार तेस्रो हार हो । वालिङ यसअघि नेपाल पुलिस क्लबसँग ५-० ले र सशस्त्र प्रहरीको एपीएफ क्लबसँग ९-० ले पराजित भएको थियो ।
लिगमा बिहीबार विभागीय डर्बीमा एपीएफ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
प्रकाशित: २४ पुस २०८१ १९:०८ बुधबार