खेल

भरतपुरमा विश्वकप प्रतियोगिता गर्न पहल गछौँः सचिव खड्का

दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संयुक्त रुपमा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को अर्को संस्करण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गर्न सकिने बताए । यसका लागि रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिन सबै जनाअघि बढ्नुपर्ने उनको धारणा छ । ‘भरतपुर महानगरपालिकाको इनिसियसनमा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनिरहेको छ,’उनले भने भविष्यमा भरतपुरले विश्वकपसम्मको आयोजना गर्न सक्छ । आयोजनाका लागि हामीले आइसिसी लगायत सबै निकायसँग पहल गर्नेछौँ ।’ सन् २०२७ मा नेपालले यू १९ महिला क्रिकेटको विश्वकपको आयोजना गर्दै छ ।

यस रंगशालामा एनपिएलको एउटा संस्करण गर्न सकिने समेत उनले बताए । यू–१९ महिला टिमले पाकिस्तानलाई समेत हराउन सफल भएकाले क्रिकेटमा भविष्य समेत रहेको बताए । एनपिएलको पहिलो संस्करणमा धेरैको माया पाएको बताउँदै खड्काले क्रिकेटलाई खेल मात्र नभई व्यवसायीक रुपमा लिनुपर्ने बताए । हरेक प्रदेशमा एउटा राम्रो रंगशाला बनाउनुपर्छ सचिव खडकाले भने ‘क्रिकेटलाई अब व्यवसायी बताउन जरुरी छ ।’ उनले नेपाली क्रिकेटलाई प्राथमिकतामा राखेर काम गरेकोमा भरतपुर महानगरपालिकालाई धन्यवाद समेत दिए ।

भरतपुरमा संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनिरहेको छ । आगामी दुई वर्षभित्र रंगशाला बनाइसक्ने योजना महानगरको छ । आजदेखि सुरु भएको विद्यालय स्तर क्रिकेट लिगमा ४७ वटा टिमले सहभागिता जनाएका छन् । यसले नेपाली खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई स्पोर्टस् सिटीको रुपमा विकास गर्न मेर्यस कप फुटबल, उपमेयर कप भलिबल लगायत विभिन्न खेलहरू महानगरले आयोजना गर्दै आइरहेको स्मरण गराइन् । महानगरपालिकाले यस्ता खेल गतिविधिलाई निरन्तर रुपमा अघि बढाउने उनले बताइन् ।

प्रमुख दाहालले अलपत्र रहेको रंगशाला सबैको साथ र सहयोगका कारण निर्माण कार्य तीव्र रुपमा अघि बढ्नु खुसीको विषय भएको समेत बताइन् । भरतपुर महानगरको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा लिग प्रतियोगिता हुनेछ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयबिच प्रतिस्पर्धा हुँदैछ । फागुन दोस्रो सातासम्म चल्ने प्रतियोगितामा कुल ६१ खेल हुनेछ । पहिलो चरणमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबिच छुट्टाछुट्टै छनोट खेल हुनेछ । त्यसबाट छनोट भएका टिमहरूबिच रातो बल अर्थात् दुई दिवसीय प्रतियोगिता हुनेछ ।

पहिलो चरणको लागि गरिएको ड्र बाट लिटिल फ्लवार स्कुल सिधै दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तै पहिलो संस्करणको सेमिफाइनलमा पुगेका चार टिम पनि सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै यू–१९ महिला विश्वकपको तयारी गरेका खेलाडीलाई महानगरले बिदाइ गरेको छ । जनवरीमा मलेसियामा हुने खेलको खेलाडीले अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा गरेका थिए । नेपाली टोलीले बंगलादेश, अष्ट्रेलिया र स्कटल्यण्डसंग प्रतिस्पर्धा गर्दैछ । यस्तै जनवरी १८ देखि हुने यू–१९ महिला विश्वकप क्रिकेट छनोट भएका टोलीलाई प्रति खेलाडी रु ५० हजार दिने घोषणा गरेकी छिन् ।

प्रकाशित: १९ पुस २०८१ १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App