खेल

च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान नजाने भारतको निर्णय !

भारतले च्याम्पियन्स ट्रफी २०२५ का लागि पाकिस्तान नजाने निर्णय गरेको छ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई च्याम्पियन्स ट्रफी २०२५ का लागि पाकिस्तान नजानेबारे जानकारी गराइसकेको छ।

ईएसपीएन क्रिक इन्फोका अनुसार बीसीसीआईले आईसीसीलाई भारतीय टीमलाई पाकिस्तान नपठाउन सल्लाह दिएको छ।

८ टीमले सहभागीता जनाउने यस टुर्नामेन्टको आयोजक यसपटक पाकिस्तान रहेको छ। अब भारतीय टीम पाकिस्तान नजाने भएपछि टुर्नामेन्ट हाइब्रिड मोडलमा खेलाउन सकिने अनुमान गरिएको छ। भारतको उक्त निर्णयबारे पाकिस्तान क्रिकेट बोर्डले भने लिखित रुपमा जानकारी दिन भनेको छ।

च्याम्पियन्स ट्रफीमा भारतले आफ्नै सबै खेल दुबईमा खेल्न सक्ने सम्भावना रहेको छ। तर, श्रीलङ्का पनि यसका लागि सर्ट लिस्टमा रहेको बताइएको छ।  

च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, बङ्गलादेश, न्यूजिल्यान्ड र साउथ अफ्रिकाले सहभागीता जनाउने छन्।

आगामी १९ फेबु्रअरीबाट खेलको सुरु हुने भनिएपनि हालसम्म खेल तालिका सार्वजनिक भइसकेको छैन।

प्रकाशित: २५ कार्तिक २०८१ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App