खेल

क्यानडाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत  क्यानडाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेट सुरुवाती व्याटर अनिल साहलाई गुमाएको हो । उनी १.५ ओभरमा ९ रन बनाएर आउट भएका हुन । उनी आउट हुँदा नेपालले एक विकेटको नोक्सानीमा १७ रन बनाएको थियो । त्यसैगरी दोस्रो विकेट आसिफ शेख २.३ ओभरमा आउट भए । उनी निजी ८ रनमा आउट भए । उनी आउट हुँदा नेपालले दुई  विकेटको नोक्सानीमा १७ रन बनाएको थियो ।  

ताजास्थीतीमा नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएका छ । अहिले कप्तान रोहित पौडेल र  देव खनाल क्रिजमा छन ।

यस क्यानडाले पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको हो ।  

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन विकेट लिए । त्यसैगरी दिपेन्द्रसिंह ऐरी र पहिलो पटक राष्टिय टोलीमा खेलेका रिजन ढकालले समान एक विकेट लिए ।  

प्रकाशित: १३ आश्विन २०८१ ००:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App