खेल

क्यानडाविरुद्ध नेपाल बलिङ गर्दै, तेस्रो विकेट हात लाग्यो

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले  क्यानडाविरुद्ध बलिङ  गरिरहेको छ । क्यानडाको किङ्ग्स सिटीमा भएको खेलमा टस जितेर नेपालले घरेलु टोलीलाई पहिला व्याटिङ  गर्न लगाएको हो । ताजास्थीतीमा नेपालले लगातर दुई सहित ३ विकेट लिन सफल भएको छ ।  

९ ओभरमा क्यानडाले ३ विकेटको नोक्सानीमा जम्मा ४५  रन बनाएको छ  । नेपालका लागि पहिलो पटक राष्टिय टोलीमा खेलेका रिजन ढकालले  एक तथा सोमपाल कामीले २ विकेट लिएका छन ।  

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल ओमानसँग आइतवार खेल्नेछ भने मङ्गलवार अक्टुबर १ मा क्यानडासँग खेल्ने छ। बुधवार अक्टुबर २ मा फेरि ओमानसँग खेल्ने छ।

आइसीसि विश्वकप क्रिकेट लिग २ को एक दिवसीय सिरिज अन्तर्गत एक खेलमा पनि जित निकाल्न नसकेको नेपालले आजको जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ।

प्रकाशित: १२ आश्विन २०८१ २२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App